माविस्तरीय आइजिपी रनिङ ट्रफिमा सैनिक आवासीय महाविद्यालय भक्तपुर च्याम्पियन
काठमाडाैं | पुस ८, २०८०
काठमाडौं: २९ औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुरले उपाधि जितेको छ ।
नेपाल पुलिस स्कुल साँगामा सम्पन्न फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइब«ेकरमा ३–० गोल अन्तरले पराजित गर्दै भक्तपुरले उपाधि जितेको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
उपाधि जितेको भक्तपुरले नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ल्याबोरेटोरी स्कुल कीर्तिपुरले ४० हजार र तृतीय बनेको नेपाल पुलिस स्कुल साँगा ‘ए’ ले नगद रु ३० हजार र ट्रफि हात पार्याे ।
उक्त टोलीलाई कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक केदार ढकाललगायतले पुरस्कार वितरणसहति बधाई व्यक्त गरेका थिए ।
गत मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

